Madhyabindu News App
स्थानीय तह

हेलम्बुका बाढीप्रभावित सबैलाई समान घर, दशैं सम्ममा नयाँ घरमा सार्ने गाउँपालिकाको तयारी

Madhyabindu Online


A A- A+

काठमाडौँ – बिकासका काम लगायत जन सरोकारका हरेक कुरामा अगाडी रहेको हेलम्बु गाउँपालिकाले उक्त क्षेत्रका बाढी प्रभावित हरुलाई अस्थायी आवास निर्माणकार्य शुरु गरेको छ । भुकम्पपिडितको पुनर्निर्माणले ५ बर्ष सम्म पनी पुर्णता नपाएको स्मरण गर्दै पालिकाले हेलम्बुका बाढिपिडितलाई छिट्टै नयाँ ३रमा बसाउने तयारी थालेको हो ।

यसै क्रममा लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीले विपद्ग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ ।

हेलम्बु गाउँपालिकाको हल्दे, ओडारे, तिम्बुलगायतका बाढी प्रभावितको घर बनाउने जिम्मा आफ्नो टिमले लिएको इन्द्रेणीका अध्यक्ष एवं सञ्चालक कृष्ण कँडेलले जानकारी दिए । मङ्गलबार हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई कँडेलले रु ६२ लाख हस्तान्तण गरेर यथाशीघ्र घर निमार्णको काम अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रममा अध्यक्ष शेर्पाले हेलम्बुलाई सहयोग गरेकामा धन्यवाद दिँदै दशैँसम्ममा आफ्नै घरमा प्रभावित जनतालाई सारेरै छाड्ने प्रतिबद्धता जनाए । उनले हेल्भेटास नेपालबाट ४२ र स्टार्ट फण्डको सहयोग केएर नेपाल, पिपुल इन नीड र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा २० घर वटा घरको निमार्णकार्य शुरु भइसकेको जानकारी दिए ।

कूल १०७ घरपरिवार विस्थापित रहेको तथ्याङ्क रहे पनि करिब ९० घर पूर्णरूपमा क्षति भएको अध्यक्ष शेर्पाले बताए । उनले अहिले अस्थायी आवास निर्माणलाई प्राथमिकता दिइएको र सरकारले दिने भनेको रु पाँच लाख आउनेबित्तिकै स्थायी आवासका निम्ति काम थाल्नेसमेत जानकारी दिए ।

गाउँपालिकाले बनाएको मापदण्ड र प्राविधिक लागतअनुसार एकै किसिमको घर निर्माण गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ । हेलम्बु गाउँपालिकाको प्रविधिक स्टमेट अनुसार रु तीन लाख ६६ हजार बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा दुई कोठा, भान्छा, शौचालय र धारा हुनेछन् ।

उक्त बाढिका कारण क्षति भएको बिद्युत लाईन सुचारु भैसकैको र टेलिफोन लाइन पनी सुचारु गरिसकिएको अध्यक्ष शेर्पाले बताए । हेलम्बुमा मानव बस्तिका साथै क्षति भएका ट्राउट फर्म, झोलुङ्गे पुल, मोटरेवल पुल लगायत खेतियोग्य जमिनको समेत तथ्याङ्क संकलनगरी नेपाल सरकार समक्ष उचित राहत तथा क्षतिपुर्तिकोलागी आफु लागिरहेको उनले बताए ।

गाउँपालिकाले वेपत्ता तथा मृतकका परिवारको लागी तत्कालिन राहत स्वरुप प्रति परिवार १ लाखका दरले उपलब्ध गराएको बताउँदै अध्यक्ष शेर्पाले उनिहरुको दिगो व्यबस्थापनको लागी आफु तल्लिन रहेको बताए ।

क्षतिग्रस्त मोटरबाटो र पुलको सर्वे कार्य धमाधम भइरहेको बताउँदै अध्यक्ष शेर्पाले भने “हामी सबै काममा माथिल्लो सरकारको मुख ताकेर बस्दैनौं । आफ्नो गाउँबस्ती बनाउने कुरामा कुनै कसुर बाँकी नराखी निरन्तर लागी रहनेछौैं र हेलम्बुलाई छिट्टै पुर्ववत अवस्थामा फर्काउने छौैं ।”

मुलुककै नमुना विद्यालयको रुपमा परिचित हेलम्बु-१ मेलम्चिघ्याङमा रहेको मेलम्चिघ्याङ माविमा अध्ययनरत विद्यार्थी तथा उक्त क्षेत्रका स्थानियका लागी भर्खरै निर्माण गरिएको नाकोते चोक्पुको पक्कीपुल पनी बाढीले बगाएपछी उक्त क्षेत्रमा आवतजावतका लागी तत्काल तुइनको ब्यबस्था गरिएको पनी अध्यक्ष शेर्पाले बताए ।

No description available.

No description available.

No description available.

छुटाउनु भयो कि ?