Madhyabindu News App
राजनीति

भीम रावललाई फकाउन टोखा पुगे माधव नेपाल

Madhyabindu Online


A A- A+

काठमाडौँ –  एमालेका वरिष्ठ नेता माधव नेपालसँग असन्तुष्ट भएर सांसद पदबाटै राजीनामा दिएका भीम रावललाई फकाउन नेता नेपाल स्वयम् रावलको निवास टोखा पुगेका छन्।

सांसद पदबाट केही दिनअघि राजीनामा दिएका भीम रावललाई भेटेर एमाले वरिष्ठ नेता माधव नेपाल फर्केका छन्। नेता नेपालले बुधबार रावलसँग करिब दुई घन्टा बिताएका थिए।

नेता नेपालसँग असन्तुष्ट भई रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका थिए। रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन नेता नेपालले आग्रह गरेका थिए।

नेता नेपालसँग असन्तुष्ट रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका थिए। यद्यपि उनको राजीनामा फिर्ताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि एमालेका प्रदेश सांसदहरु पनि दबाब दिइरहेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन नदिन रावलले आग्रह गरे पनि नेपालले अस्वीकार गरेपछि चिढिएका रावलले सांसद पदबाटै राजीनामा दिएका थिए।

छुटाउनु भयो कि ?