Madhyabindu News App
समाज

तोकिएको भन्दा बढी भाडा लिने हेलम्बु यातायात मेलम्ची प्रहरीको कारबाहिमा

Madhyabindu Online


A A- A+

मेलम्ची – तोकिएको भन्दा बढी भाडा लिने सिन्धु हेलम्बु यातायात प्राली को बस मेलम्ची प्रहरीले समातेको छ । बा ३ ख २७१९ नं को बस प्रहरीको कारबाहिमा परेको हो ।

तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएपछि ईलाका प्रहरी कार्यालय मेलम्चीका असई प्रह्लाद दाहालको टोलीले उक्त बसको ब्लुबुक लिएको छ । एक प्रदेश बाट अर्को प्रदेशमा जाने बसको मात्र भाडा बढेको भन्दै उनले सबैको बढी लिएको भाडा फिर्ता गर्न आग्रह गरे ।

सहचालकले सबैको बढी लिएको भाडा फिर्ता दिएका छन । र अब आउने दिनमा कसैको पनि तोकिएको भन्दा बढी भाडा नलिने र भाडा शुचि प्रहरीलाई उपलब्ध गराएपछि मात्र ब्लुबुक फिर्ता दिने सर्तमा गाडीलाई छोडिएको छ ।

नेपालमा कोरोनाको दास्रो लहर सुरू भएसंगै बन्द भएका बसहरू सन्चालनमा आएका छन । बसहरू सन्चालनमा आएसंगै मनलाग्दि भाडा उठाउन थालेका छन । मंगलबार काठमान्डौ बाट मेलम्ची आउने क्रममा हेलम्बु यातायातको बसले तोकिएको भन्दा बढी भाडा लिएको सोहि बसमा सवार रेडियो मिसनका अध्यक्ष सन्तोष सिग्देलले बताए । १ सय ७२ रूपैयाँ भाडा लिनुपर्नेमा २२० लिएपछि उनले प्रहरीमा उजुरी गरेका थिए ।

ईलाका प्रहरी कार्यालय मेलम्चीमा फोन मार्फत उजुरी गरेपछि मेलम्चीका असई प्रह्लाद दाहालको टोलीले बसलाई नियन्त्रणमा लिएको थियो ।

बसमा अनिवार्य रूपमा भाडा शुचि टाँस्न पर्ने, बसमा सबै यात्रु, चालक, सहचालकले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने, बसमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाईने मेलम्ची प्रहरीले जनाएको छ । कुनै बसले तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा प्रहरीमा उजुरी गर्न प्रहरीले आग्रह गरेको छ ।

छुटाउनु भयो कि ?