Madhyabindu News App
मुख्य खबर​

कानुन मिच्दै एमाले नेता खनालको उपचारका लागि ३० लाख निकासा

Madhyabindu Online फाइल फोटो


A A- A+

 काठमाडौं – नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि कानुन विपरीत ३० लाख रुपैयाँ निकासा भएको छ ।

दुबै मिर्गौलामा समस्या देखिएपछि भारतको एपोलो अस्पतालमा उपचाररत खनालका लागी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय अनुसार उक्त रकम निकासा गरिएको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको थियो । सो रकम एमाले उपमहासचिव विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहँदा नै निकासा भइसकेको छ । जबकी ओली सरकारको यो निर्णय नै गैरकानूनी थियो ।

२ असोज २०७५ देखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ भनिएको छ ।

छुटाउनु भयो कि ?