Madhyabindu News App
राजनीति

जसपा उपेन्द्र यादव पक्षलाई आयोगको आधिकारिकता

Madhyabindu Online


A A- A+

काठमाडौं – निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ ।

जसपाको ५१ केन्द्रीय कार्यकारिणी समिति मध्ये उपेन्द्र यादवको पक्षमा ३४ सदस्य रहेकाले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिइएको निर्वाचन आयोगले जनाएको छ ।

जसपाका अध्यक्ष द्वय यादव र महन्थ ठाकुर पक्षबिच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई आज आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।

उपेन्द्र यादवको पक्षमा ३४ कार्यकारिणी सदस्य, महन्थ ठाकुर पक्षमा १६ र १ जना तटस्थ रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले जसपाको आधिकारिकता विवाद निरूपणका लागि इजलास गठन गरी यही साउन ३ देखि ७ गतेसम्म कानुनी बहस सकेर पार्टी एकीकरण हुँदाका समयमा पेस भएका कागजातसहित उपस्थित हुन आदेश दिएको थियो ।

निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् ।

जसपाको ठाकुर पक्षको संसदीय दलका नेता राजेन्द्र महतोले शोषण र उत्पीडनमा परेका जनताका लागि एक वर्षअघि पार्टी एकीकरण गरिएकामा आज विभाजनको अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै मधेसका मुद्दा र अधिकारका लागि जनताको साथ लिएर अघि बढ्ने बताए ।

छुटाउनु भयो कि ?