Madhyabindu News App
समाज

आज मंगल चौथी, गणेश भगवानको विशेष पूजा गर्दै मनाइँदै

Madhyabindu Online


A A- A+

काठमाडौं – आज मंगल चौथी अर्थात् भगवान् श्री गणेशको विशेष पूजा आराधना गर्ने दिनको रुपमा लिइन्छ । आजकै दिन भगवान् गणेशको हरेक मंगलबार ब्रत बस्न चाहनेले विशेष पूजाआजा गरेर ब्रतसमेत प्रारम्भ गर्ने प्रचलन रहिआएको छ ।

भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मंगल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ ।

हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्ने गर्दछन् ।

भगवान् गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन्, आजको दिन श्रद्धा पूर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान् प्रसन्न भइ व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक विश्वास छ।

छुटाउनु भयो कि ?