Madhyabindu News App
राजनीति

जसपाद्वारा महन्थ ठाकुरलाई कारबाही, लुम्बिनीका तीन सांसद निष्काशित

Madhyabindu Online


A A- A+

काठमाडौं – जनता समाजवादी पार्टीले आफ्नो पार्टीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित तीन जना सांसदलाई पार्टीबाट निष्काशन गरेको छ ।

पार्टिको आधिकारिकता पाएको भोलिपल्ट अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपाको कार्यकारिणी समितिको बैठकले ठाकुर पक्षका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई निष्काशन गरेको हो।

उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्काशन गरेको थियो । उनीहरु सर्वोच्च अदालतमा गएपछि सर्वोच्चले उनीहरुलाई थमौती दिएको थियो।

यस्तै बैठकले सोमबार सनाखत गर्दा ठाकुरको पक्षमा उभिएका १७ जनालाई पार्टीबाट निष्काशन गरेको छ । निष्काशन हुनेमा जेलमा रहेका रेशम चौधरी समेत परेका छन् ।

निर्वाचन आयोगमा सनाखत गर्दा यादवको पक्षमा ३४ जना उभिएका थिए भने ठाकुरको पक्षमा १६ जना उभिएका थिए । ५१ सदस्यीय कार्यकारिणी समितिमा रेशम चौधरी तटस्थ बसेका थिए ।

 

छुटाउनु भयो कि ?