Madhyabindu News App
समाज

कांग्रेस सिन्धु-काठमाडौं सम्पर्क समिति क्षेत्र नं २ को कार्यालय उद्घाटन

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेस सिन्धुपाल्चोक – काठमाडौं सम्पर्क समिति क्षेत्र नं २ को कार्यालय स्थापना भएको छ । मंगलबार जोरपाटी नारायणटारमा स्थापना गरिएको सम्पर्क कार्यालयको नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति बिकास लामाले एक कार्यक्रमकाबिच उद्घाटन गरेका हुन् ।

कार्यालयको उद्घाटन गर्दै सभापति लामाले यो कार्यले कांग्रेस कार्यकर्तामा केहि उर्जा थपेको भन्दै यो उर्जालाई सेलाउन नदिन समितिको ध्यानाकर्षण गराएको सम्पर्क समितिका सभापति उद्धव बानियाँले जानकारि दिए ।

सभापति बानियाँले सिन्धुपाल्चोक क्षेत्र नं २ बाट काठमाडौं आई बसोबास गर्ने सम्पुर्ण बासिन्दाहरुको समस्याको समाधान गर्न पार्टिको उपल्लो तहले दिएको निर्देशन अनुसार समिति हरबखत सक्रिय रहने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुर्व सभापती भुपेन्द्र बहादुर थापा उप सभापति शिव सुनार सिन्धुपाल्चोक क्षेत्र नं २ का क्षेत्रिय सभापति आइतमान तामाङ लगायत सयौं नेता कार्यकर्ताको उपस्थिती रहेको सभापति बानियाँले बताए ।

 

छुटाउनु भयो कि ?