Madhyabindu News App
मुख्य खबर​

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै

Madhyabindu Online


A A- A+

काठमाडौं – सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ। बैठक बुधबार (आज) बिहान ९ बजे बालुवाटारमा गठबन्धनको बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत बैठक बस्ने तयारीरहेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बताए।

मन्त्रिपरिषद बिस्तारलगायत विषयमा सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। जसपाभित्रको आन्तरिक विवाद निर्वाचन आयोगबाट निरूपण गर्दै अध्यक्ष यादव नेतृत्वले आधिकारिकता पाएसँगै गठबन्धन बैठक बस्न लागेको हो।

छुटाउनु भयो कि ?