Madhyabindu News App
समाज

केएमसी स्वास्थ्यकर्मी आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऎक्यबद्द्ता

Madhyabindu Online


A A- A+

काठमाडौं – सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कलेजमा नयाँ व्यवस्थापन आएपछि विगतमा खाइपाइ आएको सेवा सुविधा कटौती भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

नयाँ व्यवस्थापनले पुरानो कर्मचारी विनियम खारेज गरेर नयाँ लागू गरेको र त्यसमा कर्मचारीको सेवा सुविधा कटौती गरिएको कर्मचारीहरुले बताएका छन् । सोमबार काठमाण्डौ मेडिकल कलेज कर्मचारी युनियन स्वतन्त्रका अध्यक्ष मदनलाल श्रेष्ठ लगायत केही कर्मचारीलाई अस्पताल प्रवेशमा नै रोक लगाएपछि उनीहरुले गेटमै धर्ना दिएर नाराबाजी गर्दै आएका छन् ।

यदपि बुधबार नै श्रम अदालतबाट मदनलाल श्रेष्ठलाई काममा पर्फ्किन दिनु भनी मेडिकल कलेजको नाममा अन्तरिम आदेश दिएको युनियनका सदस्य विनोद घिमिरेले जानकारी दिए ।

परीक्षण काल पूरा गरेका कर्मचारीलाई डेढ वर्षपछि स्वतः स्थायी गर्नुपर्नेमा नगरेको, कर्मचारीलाई आधा तलब मात्र दिएको, उपचार सुविधा नदिएकोले आन्दोलन गर्नु परेको काठमाण्डौ मेडिकल कलेज कर्मचारी युनियन स्वतन्त्रका सदस्य विनोद घिमिरेले बताए।

कर्मचारी आन्दोलनलाई नेपाल ट्रेड युनियन कांग्रेसकोतर्फबाट बुधबार धर्ना कार्यक्रम स्थलमै उपस्थित भई उपमहासचिव राधिका कुईकेल, केन्द्रिय सदस्य बलदेव तामाङ र नेपाल स्वास्थ्यकर्मि संघका अध्यक्ष रामजि घिमिरेले आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।

काठमाडौं मेडिकल कलेज व्यवसायी डा.सुनील शर्माले खरिद गरेपछि कर्मचारीको सुविधा खोसिएको आन्दोलनरत कर्मचारीले बताएका छन् ।

No description available.

छुटाउनु भयो कि ?