Madhyabindu News App
मुख्य खबर​

कांग्रेस क्रियाशील विवाद मिलाउन छानविन समितिलाई थप २४ घण्टा

Madhyabindu Online


A A- A+

काठमाडाैं – नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता विवरणमा नमिलेका विषयमा सहमति कायम गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई एक दिनको समय थप गरेको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले समितिलाई विवाद निरुपणका लागि एक दिनको समय प्रदान गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

समितिले बुधबार मात्रै पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरणसम्बन्धी प्रतिवेदन बुझाएको थियो । कांग्रेसमा १४ औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।

बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएकाले पूरै बाँकी रहेको र पार्टीको समायोजनका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको समितिले जनाएको छ ।

छुटाउनु भयो कि ?