Madhyabindu News App
मुख्य खबर​

नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ

Madhyabindu Online


A A- A+

काठमाडौं – नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बुधबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो ।

छुटाउनु भयो कि ?