Madhyabindu News App
मुख्य खबर​

प्रधानमन्त्रीलाई चिनियाँ समकक्षी लीको बधाई

Madhyabindu Online


A A- A+

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षी लि खछ्याङले बधाई सन्देश पठाएका छन् । देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको लामो समयसम्म मौन रहेको चीनले बुधबार उच्च राजनीतिक तहबाट बधाई सन्देश पठाएको हो।

प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षी लि खछ्याङले बधाई सन्देश पठाएको नेपालस्थित चिनियाँ राजदूत होउ याङछीले जानकारी गराएकी छिन्।

चिनियाँ प्रधानमन्त्री लिले प्रधानमन्त्री देउवासँग काम गर्न चाहेको र नेपाल चीन रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन चाहेको सन्देश पठाएका छन्।

चिनियाँ समकक्षीले भने देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दुई हप्ताभन्दा बढी समयपछि मात्र बधाई सन्देश पठाएका हुन्।

छुटाउनु भयो कि ?