Madhyabindu News App
राजनीति

कांग्रेस क्रियाशील सदस्यता विवाद शीर्ष नेताहरूले मिलाउने

Madhyabindu Online


A A- A+

काठमाडौं – कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद शीर्ष नेताहरूले मिलाउने भएका छन्। क्रियाशील सदस्यता छानबिन समितिले मिलाउन नसकेका विवाद शीर्ष नेताहरूले पाँच दिनभित्र मिलाउने भएका हुन् ।

त्यसका लागि नेता कृष्णप्रसाद सिटौला, डा. मीनेन्द्र रिजाल र रमेश लेखकलाई सहमतिको बिन्दु खोज्नका लागि छलफल गर्ने जिम्मेवारी दिइएको छ ।

पाँच दिनमा शीर्ष नेताहरूले क्रियाशील छानबिन समितिले बुझाएको प्रतिवेदनउपर सहमति नभएका विषयहरूसहित बारा, सप्तरी, धनुषा– ४ र सर्लाही– २ का विवादका समयमा छलफल गर्ने र महाधिवेशनको बाँकी प्रक्रियालाई अघि बढाइने केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए।

छानबिन समितिले गत मंगलबार आठ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य रहेको प्रतिवेदन बुझाएको थियो ।

छुटाउनु भयो कि ?