अन्तर्राष्ट्रिय

अमेरिकामा ८.१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प

Madhyabindu Online


A A- A+

काठमाडौं – अमेरिकाको अलास्का द्वीपमा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकाको जियोलोजिकल सर्वे (यूएसजीएस) ले स्थानीय समयअनुसार बुधबार राति सवा १० बजे उक्त भूकम्प गएको बताएको छ । यो भूकम्पको केन्दै जमिनको सतहभन्दा ३५ किलोमिटर मुनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भूकम्पपछि अलास्काको नेशनल सुनामी वार्निङ सेन्टर (एनटीडब्ल्यूसी)ले राज्यको दक्षिण भागमा सुनामीको चेतावनी दिएको छ ।

स्थानीय समयानुसार दिउँसो २.१५ बजे सो भूकम्प गएको बताइएको छ  । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । –एएनआई

छुटाउनु भयो कि ?