Madhyabindu News App
मुख्य खबर​

नेपालमा थप ३,३६५ काेराेना संक्रमित,१६ जनाको मृत्यु

Madhyabindu Online


A A- A+

काठमाडाैं – पछिल्लो २४ घण्टामा देशभर ३३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ जनाको नमुना परीक्षण गर्दा ३३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १३७३ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९० हजार ६४२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ५९ हजार ३८० जना पुगेको छ ।

यस्तै हालसम्म देशभर संक्रमितमध्ये ६ लाख ५० हजार ४४५ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ८०७ पुगेको छ ।

छुटाउनु भयो कि ?