Madhyabindu News App
मुख्य खबर​

देउवालाई मत नदिने १० सांसद एमाले एकताको अन्तिम कसरतमा

Madhyabindu Online


A A- A+

काठमाडौं – नेकपा एमालेका माधव पक्षीय १० सांसद पार्टीमा एकता कायम गर्न क्रियाशील भएर लागिरहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले ३ साउनमा विश्वासको मत लिँदा मत नदिने १० सांसद पार्टीमा एकतामा सक्रिय भएका हुन् ।

आफ्नै पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा हस्ताक्षरसहित रिट दर्ता गराएका माधव पक्षीय १० नेताहरू साउन ३ मा एकाएक ‘युटर्न’ भएका थिए ।

वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट ती १० सांसदभन्दा आफूसँगै देउवालाई विश्वासको मत दिन गएका २२ जनालाई बढी चासो दिन थालेपछि उनीहरू भूमिकाविहीन भएका थिए।

ओलीसँग नमिल्न माधव पक्षका २२ जनाको अडान र माधव पक्ष नआए पेलेर भए पनि जानुपर्ने ओली पक्षका नेताहरूको दबाबले यो अवस्था निम्तिएको मध्यमार्गी धारमा बसेका नेताहरूको भनाइ छ।

छुटाउनु भयो कि ?