Madhyabindu News App
राजनीति

कतै पार्टीको महाधिवेशन पनि तरुण दलको जस्तो हुने त होइन ? – डा.कोइराला

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले पार्टीका आम कार्यकर्ताको भविश्यसँग जोडिएकाको १४औं महाधिवेशनको तत्काल मिति निर्धारण गर्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस सिन्धुपाल्चोकले शनिबार राजधानीमा आयोजना गरेको नेपाली काँग्रेसको महाधिवेशन सुनिश्चितता र भावि नेतृत्व विषयक अन्तरक्रियामा बोल्दै नेता डा. कोइरालाले पार्टी महाधिवेशन युवा कार्यकर्ताको भविश्यसँग जोडिएकाले अन्योलमा राख्न नहुने बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेता डा. कोइरालाले तल्लो तहको अधिवेशन स्थगित गरेर महाधिवेशन उद्घाटन निर्धारित समयमै गर्छु भन्ने पार्टी सभापति शेरबहादुर देउवाको अभिव्यक्तिले आफूलाई झस्काएको बताउँदै उनले देउवाको अभिव्यक्तिले कतै पार्टीको महाधिवेशन उद्घाटन पनि तरुण दलको महाधिवेशन जस्तो हुने त होइन भन्ने चिन्ता थपिएको बताए ।

तरुण दलको पनि महाधिवेशन उद्घाटन भयो त्यो महाधिवेशनले तीन जना पदाधिकारी मात्र चयन गर्यो , डा. कोइरालाले भने, अहिले पदावधी सकिंदा समेत तरुण दलमा तीन जना मात्र पदाधिकारी छन्, पार्टीको महाधिवेशन पनि त्यस्तै हुने त होइन ?

कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडुले पार्टी महाधिवेशन समयमै गरेर कुशल नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका थिए । समयको परिवर्तन सँगै हुने नेतृत्व परिवर्तनलाई आत्मसात गर्दै पार्टिलाई अघी बढाउनुपर्ने उनको जोड थियो ।

अर्का केन्द्रिय सदस्य विष्णुबिक्रम थापाले पार्टी अनुशासनलाई कायम राख्दै जिम्मेवार कार्यकर्तालाई सदस्यता वितरण गर्नुपर्ने भनाई राखेका थिए ।

नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापती बिकास लामाको सभापतित्वमा संचालित उक्त कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला उप-सभापती शिव सुनार, पुर्व सभापती भुपेन्द्र थापा, सिन्धुपाल्चोक क्षेत्र नं २ का सभापती आइतमान तामाङ, बागमती प्रदेशसभा सदस्य निमा लामा लगायतले आफ्ना धारणा राखेका थिए ।

No description available.

 

छुटाउनु भयो कि ?