Madhyabindu News App
मुख्य खबर​

मेलम्चीमा भिषण बाढी, रातोपुल बगायो

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – गत असार १ गतेको बाढीले क्षति पुर्‍याएको हेलम्बु क्षेत्रमा शनिबार रातिदेखी भिषण बाढी आइरहेको छ । बाढीसँगै खोला तथा नदीहरूको बहाव पनि ह्वात्तै बढेकोले स्थानिय बासिन्दाहरु त्रसित भएका छन् ।

राजधानि तथा अन्य शहरसँग सडक सम्पर्क जोड्ने एकमात्र रातोपुल भर्खरै बाढिले बगाएको छ । यो पुल नहुँदा हेलम्बुका अधिकांश बस्ती सम्पर्कबिहिन भएका छन् ।

मुहान क्षेत्र भेमाथाङको लेकाली जमिन भासिएर पानीसँगै बगेकोले शनिबार रातभर मेलम्ची खोलामा बाढी आयो । लेदो मिसिएको पानी हेलम्बुको नाकोतेमा केहीबेर थुनिएपछि १ असारभन्दा पनि ठूलो बाढी आएको स्थानीयले बताएका छन् ।

‘हेलम्बु क्षेत्रमा तीनचार दिनदेखि वर्षा भएको छैन । तर, बाढी आइरहेको छ,’ गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले आश्चर्य मान्दै भने, ‘भेमाथाङको जमिन बगिरहेको छ । रोकिने छाँट छैन ।’

लेदो मिसिएकाे बाढीले खोलामा धार परिवर्तन गरिरहेको छ । किनारको दायाँबायाँ गर्दै बगेकोले १ असारपछि आंशिक क्षति पुगेका घरहरु पनि बगाएको छ । खोलाले पुरेको रेडियो मेलम्चीको भवन बगाएको छ ।

लेदो पानीको बहाब क्षणक्षणमा घट्नेबढ्ने भइरहेकोले किनारका खेतमा ठूलो क्षति पुगेको छ । गणेशे बगर, चनौटे, ग्याल्थुम र मेलम्ची फाँटका खेत कटान भइरहेको छ । बाढीले मेलम्चीदेखि भिमटारसम्मको खेत क्षेत्र प्रभावित भएको छ ।

मेलम्ची र हेलम्बु जोड्ने चनौटेस्थित रातोपुल उच्च जोखिममा परेको छ । १ असारको बाढीले क्षति नगरेको रातोपुललाई शनिबारको बाढीले क्षति गरेको छ । पुलको बिच भागबाट बाढी बगिरहेकोले मानिसको आउजाउ बन्द गरिएको छ । रातोपुल उच्च जाेखिममा परेकाे छ ।

उक्त बाढिको उद्गम स्थल र क्षतिको एकिन विवरण तथा स्थानियको वास्तविक अवस्था बुझ्नको लागी हेलम्बु गाउँपालिका अध्यक्ष सहितको टोली अहिले हेली मार्फत स्थलगत निरिक्षण गरिरहेका छन् ।

No description available.

छुटाउनु भयो कि ?