Madhyabindu News App
समाज

जलेश्वरको संरक्षणमा रिब्दिकोट गाउँपालिकाका

Madhyabindu Online


A A- A+

अनु खनाल/पाल्पा – पाल्पाको रिब्दिकोट गाउँपालिकाको वडा न.५ मा रहेको जलेश्वर मन्दिरमा बलि नचढाई रोट,प्रसाद र धार्मिक पुजाहरु गर्दै आइरहेको र त्यहाँ एउटा सुन्दर पर्यटकीय मन्दिर छ ।

मन्दिरको आसपासमा रिब्दिकोटमा एउटा अग्लो टापु र चिसो ठाउँ छ धार्मिक रुपले जलेश्वर धामको रुपमा ब्यवस्थित गर्ने त्यहाँ हामीले विभिन्न जातका बिरुवा ,वर ,स्वामी र धर्मशीत गासिएका बिरुवाहरु लगाउने र १०८ पिपल ,१०८ शिवलिङ्ग र १०८ तुल्सिका बिरुवाहरु र विभिन्न नाम गरेका स-साना मन्दिर र फोटोहरु गन्तव्य स्थलको रुपमा बिकास गर्ने योजना बनाएको रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण वहादुर जि.सिले बताए ।

त्यसअन्तर्गत हामिले २ बर्ष देखि त्यस मन्दिरको परिसरमा पिपलका बिरुवाहरु लगाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई अझै पर्यटकीय गन्तव्य स्थलको रुपमा बिकास गर्ने योजनाका साथ गाउँपालिकाले वडाका सबै प्रतिनिधि र स्थानीयसँग मिलेर त्यस क्षेत्रको विकास गर्ने बताए ।

त्यस ठाउँमा विभिन्न किसिमका जरिभुटिहरु पाइने र परापुर्वकालदेखि नै त्यो मन्दिरको नजिकै दैविक शक्तिको आधारमा चिम्टा जमिनमा गाडेर पानी निकालेको र अहिलेसम्म आउँदा त्यो पानी लगेर वडाहरुले पनि सुविधा लिएको र त्यसलाई अझै बिकास गर्ने योजना रहेको र ठुलो शिवको मुर्ती र बुद्धको मुर्ती राख्नलाई १ करोडको लगानीमा राख्ने बताए।

त्यहाँको विशेषता जलेश्वर मन्दिरको आगो २४ घण्टा बोलिराख्ने र त्यसको खरानी बच्चाहरु बिरामी भएको बेलामा लगाइदिने र निको भएको मान्यता रहेको छ ।

छुटाउनु भयो कि ?