Madhyabindu News App
मनोरञ्जन

रुद्र के.सी पिताम्बर फुँयाल र पार्वती कार्कीको “चट्टै कोर कपाल” बजारमा (भिडियो सहित)

Madhyabindu Online


A A- A+

काठमाण्डौ – पछिल्लो समय नेपालि मौलिक लोक तथा दोहोरी गीत संगीतलाई माया गर्दै काँठ क्षेत्रमा उदाएका आशालाग्दा गायक रुद्र के.सीले “चट्टै कोर कपाल” बोलको गीत भर्खरै सार्बजनिक गरेका छन् ।

लोक तथा दोहोरीका माध्यम बाट नेपाली मोलिक संस्कृतिको जगेर्ना गर्ने ध्येयका साथ रुद्र के.सी र पिताम्बर फुँयालले आफ्नो संयुक्त प्रस्तुतिको रुपमा मौलिक गीत “चट्टै कोर कपाल” बोलको मौलिक गीत भर्खरै सार्बजनिक गरेका हुन् ।

पिताम्बर फुँयालको लय र रुद्र के.सी को शब्द सिर्जना द्वारा सजिएको गीती एल्बम रुद्र के.सी पिताम्बर फुँयाल र पार्वती कार्कीको सुमधुर स्वरले सजिएको छ ।

काँठक्षेत्रमा प्रचलित भाकामा सजिएको यस गीतको म्युजिक भिडियोमा केशब सापकोटा, अनु पराजुली, सुनिता वाइबा र प्रयास तामाङ्गको मनमोहक अभिनय देख्न सकिन्छ ।

गीतलाई नबराज घोरासैनी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

छुटाउनु भयो कि ?