Madhyabindu News App
विचार-ब्लग

नेपाली काङ्ग्रेसमा अब युवा नेतृत्व आउनुपर्छ

Madhyabindu Online प्रभाकर आचार्य


A A- A+

नेपाली काङ्ग्रेसको १४औं महाअधिबेसन नजिकिए संगै आम कार्यकर्तामा रौनक थपिएको छ ११३ औं महाअधिबेसन भन्दा यो अधिबेशन पृथक हुने भएको छ। किनकी १४औं महाअधिबेसनमा ४०५ भन्दा बढी युवाले अधिबेशनमा भाग लिदै छन् १आम कार्यकर्ताको धारणा पुस्ता हस्तान्तरण हुनुपर्छ भन्ने छ ।

तर नेतृत्व वर्ग भने पुस्ता हस्तान्तरण गर्नी कुरामा राजी छैनन् बरु सभापतिको लागि उम्मेदवारी घोषणा गरेर होडिरहेका छन । ११३ औं महाअधिबेशनमा देउवालाई पार्टी सभापति जिताउन लागी परेर हिडेका उपसभापति निधि पनि सभापतिको लागि तयारी गरिरहेका छन ।

पौडेल पक्षबाट रामचन्द्र पौडेल स्वयम सभापति लड्नि तयारीमा जुटेका छन १त्यस्तै कृष्ण प्रसाद सिटौला पनि सभापति लड्नी तयारीमा छन१त्यस्तै कोइराला परिवार बाट शेखर र शशांक दुवैले लामोसमयदेखी सभापतिको लागि लबिङ गरिरहेका छन । तर महाअधिबेशनको निश्चित मिति भने घोषणा भैसकेको छैन । पार्टीको विधानअनुसार ५ वर्षमा अधिवेशन हुनुपर्ने प्रावधान छ ।पदिय लोभ र कुर्सिको मोहले गर्दा निश्चित समयमा अधिबेशन हुन सकिरहेको छैन ।

आजको नेतृत्वले बिपिले देखाएको बाटो ,बिचार ,सिद्धान्त अगाल्न सकेको छैन भन्ने आम कार्यकर्ताको निष्कर्स छ । नेतृत्व वर्गले विपिले देखाएको बाटो अवलम्बन गर्न नसक्दा २०७४ सालमा भएको तिनै तहको निर्वाचनमा लज्जास्पद हार बेहोर्नु परेको कुरा सबैलाई सर्वबिदितै छ ।

नेपाली काङ्ग्रेसमा पुस्ता हस्तान्तरण भएर आगामी अधिबेशन पश्चात् विपिले देखाउनुभएको बाटो अवलम्बन गर्नु जरुरत छ । नत्र नेपाली काङ्ग्रेस पार्टी मात्र होईन देशनै दुर्घटनामा पर्नी निश्चित छ ।

यदि नेपाली काङ्ग्रेस पार्टीलाई देशको पहिलो पार्टी बनाउने हो भने युवा पुस्तामा नेतृत्व हस्तान्तरण गरेर बृद्ध नेताहरूले विश्राम लिनुपर्ने हुन्छ । वर्तमान युगमा महान सोच,बिचार ,सिद्धान्त ,भिजन भएका युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्न सकियो भने पार्टी मजबुत बन्ने छ र देश पनि समृद्ध बन्ने छ ।

आचार्य नेबिसंघ सानोठिमी क्याम्पसका उपसभापति हुन्

छुटाउनु भयो कि ?