Madhyabindu News App
अन्तर्राष्ट्रिय

बिहिबारदेखि यूएईमा नेपालीलाई प्रवेश खुला

Madhyabindu Online


A A- A+

काठमाडाैं – संयुक्त अरब इमिरेट्स (यूएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । यूएईले भोलि बिहीबारदेखि लागु हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यस्तै यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।

यूएइको सरकारी निकायमा कार्यरत व्यक्ति, यूएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, यूएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् ।

उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ । त्यसरी युएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, यूएईका विमानस्थलमा अवतरण भएपछि पीसीआर  परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने दूतावासले जनाएको छ । रासस

छुटाउनु भयो कि ?