Madhyabindu News App
अन्तर्राष्ट्रिय

गैर आबासीय नेपाली संघ साइप्रसको अध्यक्षमा कुन्दन कार्की निर्बाचित

Madhyabindu Online


A A- A+

काठमाडौं – गैर आबासीय नेपाली संघ साइप्रसको अध्यक्षमा कुन्दन कार्की निर्बाचित भएका छन् ।

अनलाइन प्रबिधीबाट सोमबार र मंगलबार भएको निर्वाचनको बुधवार जारी परिणाम अनुसार कार्कीले २४० मत पाएर बिजयी हुँदा अध्यक्ष पदकै अर्का उम्मेद्वार सरस्वती खनालले ९२ मत मात्र पाएकी थिइन ।

एनआरएनए साइप्रसको निर्वाचनमा अध्यक्ष र ७ सदस्य पदका लागि भएको निर्वाचनमा कल्पना कोइराला घिमिरे, कर्चुङ डोल्मा, बिन्दु दुलाल आचार्य, बिना थापा , नानु गुरुङ , प्रकाश बराइली र सुरज साहनी बिजयी भएको नेपाली जनसम्पर्क समिति साइप्रसका सदस्य एवं अनुशाशन समिति संयोजक चमेली धितालले जानकारि दीइन ।

उनका अनुसार बरिष्ठ उपाध्यक्षमा किस्मत पौडेल, उपाध्यक्षमा राजन श्रेष्ठ र महिला उपाध्यक्षमा सितामाया तमाङ , महासचिबमा राधा पोख्रेल, कोषाध्यक्षमा सरु नेपाल , युबा संयोजकमा रबि प्रसाद चौरासिया र महिला संयोजकमा पिङला गौतम यस अघिनै निर्बिरोध निर्बाचित भैसकेका छन् भने आइसिसी सदस्यमा सुबाश मल्ल पनि निर्बिरोध निर्बाचित भएका हुन् ।

छुटाउनु भयो कि ?