Madhyabindu News App
अन्तर्राष्ट्रिय

अफगानिस्तानबाट ११८ नेपाली स्वदेश फर्किए

Madhyabindu Online गुगल फोटो


A A- A+

काठमाडौं – अफगानिस्तानबाट १ सय १८ नेपाली काठमाडौं आइपुगेका छन् । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेर कतारको दोहा हुँदै आज विहान ९ भारतीयसहित १ सय २७ जनालाई अमेरिकाले काठमाडौं ल्याएको हो ।

अफगानिस्तान तालिबानको कब्जामा परेपछि अमेरिकी दुतावासमा सुरक्षागार्डका रुपमा रहेका ३७५ नेपालीलाई अमेरिकाले काबुलबाट उद्धार गरेर कतारको दोहामा पुर्याएको थियो । त्यसमध्ये ११८ जना नेपालीलाई अमेरिकाले जजिरा एयरलाइन्सको विमान चार्टर्ड गरेर मंगलबार विहान नेपाल फर्काइको छ ।

२० वर्षपछि अफगानिस्तान फेरि तालिवानको कब्जामा आएपछि पछ्रिल्ला दिनमा अफगानिस्तानमा रहेका नेपाली स्वदेश फिर्तीको पर्खाइमा छन् । वैदेशिक रोजगार व्यवासायी संघका अनुसारका करिब १५ हजार नेपाली अफगानिस्तानमा छन् ।

त्यहाँ रहेका नेपाली नागरिकहरूको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइट nepalconsular.gov.np मा व्यवस्था गरिएको छ। भाइबर र ह्वाट्सएपबाट पनि सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ। त्यस्तो सेवा लिनका लागि कन्सुलर सेवा विभागको मोबाइल नम्बर +९७७–९७४९३२६४५८ र +९७७–९७४९३२६४५९ मा सम्पर्क गर्न भनिएको छ।

छुटाउनु भयो कि ?