Madhyabindu News App
आर्थिक

लक्ष्मी लघुबित्त बितिय संस्था मधुवन शाखाद्वारा मृतक परिवारलाई बिमा रकम भुक्तानि

Madhyabindu Online


A A- A+

बारा – लक्ष्मी लघुबित्त बितिय संस्था लिमिटेड शाखा कार्यालय मधुवन द्वारा मृतक परिवारलाई बिमा रकम भुक्तानि गरिएको छ ।

लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीका रुपमा स्थापित लक्ष्मी लघुबित्त बित्तिय संस्था लिमिटेड मधुवन शाखाले बिहिवार जिल्लाको केन्द्र नम्वर ००१ की सदस्य प्रभावती देवि साहको निधन पछि ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी गरेको हो।

बारागढी गाउँपालिका वडा नम्वर -०६ को गडहल गाउँमा संचालित केन्द्र नम्वर ००१ की सदस्य प्रभावति देवि साहको बि.स. २०७८साल बिशाख २१ गतेका दिन अकस्मात अकाल मृत्यु भएको थियो। बि.स २०७७ साल चैत्र ०९ गते लिएको २ लाख कर्जा मिनाहा सहित बिहिवार उनका श्रीमान छोटेलाल साह कानुलाई ३ लाख ९० हजार रकम बराबरको बिमा दाबी रकम लक्ष्मी लघुबित बितिय संस्था लिमिटेड मधुवन शाखाले भुक्तानी दिएको छ ।

सो बिमा रकम बारागढी गाउँपालिका वडा नम्बर-०६ का वडा सदस्य भोला राउत अहिर द्वारा मृतक सदस्यका परिवारलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा लक्ष्मी लघुबित्त बित्तिय संस्था मधुवन्का शाखा प्रबन्धक सुरेश चौधरी ,शाखाका कर्मचारी शिवशंकर पटेल ,सो केन्द्रका सदस्यहरु लगायत समाजका अन्य भर भलादमि ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

लगभग २ वर्ष देखि बारा जिल्लाकै बिभिन्न गाउ बस्तीमा आफ्नो बितिय सेवा दिदै आएको यश लक्ष्मी लघुबित मधुवन शाखाले आफ्नो ग्राहक सदस्यहरु को हितलाई प्राथमिकतामा राखी आफ्नो सेवाहरु इमानदारीका साथ प्रवाह गर्दै जानेछ भने यश मधुवन शाखाका शाखा प्रबन्धक सुरेस चौधरी र कर्मचारी शिवशंकर पटेलले प्रतिबद्धता समेत ब्यक्त गरेका हुन ।

No description available.

छुटाउनु भयो कि ?