Madhyabindu News App
मनोरञ्जन

टिकटकमा भाइरल विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’को नयाँ रेकर्ड (भिडिओ सहित)

Madhyabindu Online


A A- A+

काठमाडौं – रातो साडी लगाएकी युवती। आँखाभरि आँसु बनाएर रोइरहेकी छन्। आँसु पुछ्दै दुवै हातको नाडीलाई बाँधेझैं गरेर खोल्छिन्। फेरि सुकसुकाउँदै हाउभाउ गर्छिन्।

यो दृश्य टिकटक बनाइरहेकी युवतीको हो। ‘ब्याकग्राउन्ड’मा बजिरहेको गीत थियो–

जेलैमा हो जेलैमा, चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेँसी मेलैमा। 

सात दिनअगाडि ‘सपना म्युजिक इन्ड्रस्ट्रिज’ युट्युब च्यानलमार्फत् आएको यो गीत टिकटकमा भाइरल छ। सरल र सरस लाग्ने यो गीतको मेलोडीमा नयाँ पुस्ताका युवायुवतीले स्वरमा स्वर मिलाइरहेका छन्:-

साँच्ची आमा ढाँट्या छैन 

तिम्रो वचन काट्या छैन।

जेलैमा हो जेलैमा चरी जेलैमा 

मै छोरी रुँदैरुँदै बेँसी मेलैमा

उसो त गायिका विष्णु माझीका गीतहरु हरेक पटक चर्चामा आउँछन्। गएको साता सार्वजनिक उनको नयाँ गीतले त झन् रेकर्ड नै बनाएको छ।

यो गीत सार्वजनिक भएको एक हप्तामा ४० लाख भ्युज पुगिसकेको छ। गीत सार्वजनिक भएको छैटौं दिन २४ घन्टाभित्रै गीतले १० लाख बढी भ्युज पाएको छ। एकै दिनमा यतिधेरै भ्युज पाउन सफल यो गीत टिकटकमा भाइरल भइरहेको छ।

बिहे गरेर गएकी छोरीले माइती सम्झेर गाएको गीतमा महिलाको वेदना पोखिएको छ। गीत तीजको सन्दर्भमा निकालिएको हो। सामाजिक सञ्जालमा गीतले बहस पनि छेडेको छ।

‘सपना म्युजिक इन्ड्रस्ट्रिज’ नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गीतको कोरसमा गायिका विष्णुलाई महिमा आचार्यले साथ दिएकी छन्। यस गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द-संगीत छ।

माझीका यसअघि ‘रुमाल हल्लाई हल्लाइ’, ‘सालको पात टपरी’, ‘यो मन रुन्न होला र’, ‘लालु पाते नुघ्यो भुइँतिर’लगायत गीत लोकप्रिय छन्।

 

छुटाउनु भयो कि ?