Madhyabindu News App
स्थानीय तह

पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध

Madhyabindu Online फोटो सामाजिक सञ्जाल


A A- A+

सिन्धुपाल्चोक – लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान ६ः०० बजेको समयमा मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा माथिबाट पहिरो खसिरहेकाले बाटो पूर्णरूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जति पन्छाउँदा पनि पहिरो खसिरहेकाले तत्कालकालागी वैकल्पिक मार्गबाट यात्रा गर्न समेत सबैमा अनुरोध गरेका छन् ।

अहिले मेलम्चीबाट काठमाडाैं र काठमाडाैंबाट मेलम्ची आएका यातायातका साधन तथा यात्रु अलपत्र परेका छन् । यसअघि पनि यस ठाउँमा निरन्तर पहिरो खरिरहेको छ ।

छुटाउनु भयो कि ?