Madhyabindu News App
स्थानीय तह

जानकी गाउँपालिका अध्यक्ष यादवको मृत्यु

Madhyabindu Online


A A- A+

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ।अध्यक्ष यादवको उपचारका क्रममा शुक्रबार राती भेरी अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

विगत लामो समयदेखी रक्तचापसम्बन्धी रोगबाट पीडित यादवलाई उपचारका लागि शुक्रबार साँझ अस्पताल लगिएको थियो । गएराति उपचारकैक्रममा उनको मृत्यु भएको गाउँपालिकाका राजनीतिक सल्लाहकार किशोर थापाले जानकारी दिए।

स्थानीय तहको निर्वाचनमा उनी नेकपा (एमाले) का तर्फबाट जानकी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

छुटाउनु भयो कि ?