Madhyabindu News App
अन्तर्राष्ट्रिय

उद्धारको पर्खाइमा काबुलमा ३४ नेपाली

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलमा ३४ जना नेपालीहरु उद्धारको पर्खाइमा रहेका छन् । काबुल विमानस्थल नजिक एकै ठाउँमा राखिएका ४२ मध्ये ८ जनाको उद्धार गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उद्धार उडानको प्रतीक्षामा रहेका ३४ जनालाई शनिबार थप सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

उनीहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको र काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि पनि मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

छुटाउनु भयो कि ?