राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीको माग गर्दै उजुरी


“म कथित मानव जाती”
मानवता नभएको
स्वार्थले भरिएको
आफ्नो लागि मात्र सोच्ने
अरुलाइ मान्छे नै नदेख्ने
म कथित मानव जाती,
आफ्न्नै सन्सारमा रमाउन चाहाने
अरुलाइ पैताला मुनि दबाउन चाहाने
अहमताले भरिएको
घमण्ड भित्र रुमल्लिएको
म कथित मानव जाती,
मैले बोलेको सबैले ठिक भन्नपर्छ
तिमिहरु मेरा अनुयायी बन्नपर्छ
अरुका बिचार सबै गलत ठान्ने
आफ्ना बिचार सबै सहि मान्ने
म कथित मानव जाती,
अरुलाइ घर भित्र छिर्न दिन्न
मेरो जात बाहेकको अस्तित्व लिन्न
म पशुलाइ आफ्नै बिस्तारामा सुताउछु
म जस्तै अर्कोलाई पशुको बिल्ला भिराउछु
म कथित मानव जाती,
म को हु आफैले नचिनेको
लक्ष्य भित्रको अन्धकारमा हराएको
यो कुरा त अबस्य स्विकार्नै पर्छ
थाहा छ एकदिन त्यहा पुग्नैपर्छ
म अमर छु भन्ने भ्रम बोकेको
घाट सम्मको यात्रामा दौडिएको
म कथित मानव जाती ।।
– दिपेन्द्र खनाल (दिप)