राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीको माग गर्दै उजुरी


२३ वर्षपछि शिव र गौरी एकसाथ
काठमाडौं – अभिनेता शिव श्रेष्ठ र गौरी मल्लको जोडी २३ वर्षपछि देख्न पाइने भएको छ । यो जोडीलाई २३ वर्षअघि चलचित्र ‘धर्मसङ्कट’मा देखिएको थियो ।
अहिले चलचित्र ‘डाँडाको वरपीपल’मा यो जोडी देखिन लागेको हो । चलचित्रमा शिव र गौरी नायक सलोन बस्नेतको मातापिताको भूमिकामा देखापर्नेछन् ।
चित्लाङ क्षेत्रमा छायाङ्कन भइरहेको यो चलचित्रमा शिव र गौरीका अलावा भुवन केसी, रुबिना थापा, विनोद न्यौपाने, राजीवजङ्ग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसीलगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई शोभित बस्नेतले निर्देशन गरेका हुन् ।