आर्थिक

टोखामा निम्न र मध्यमवर्गीय सर्वसाधारणलाई लक्ष्यित गरी अन्नपूर्ण मार्ट सञ्चालन

Madhyabindu Online


A A- A+

काठमाडौं – काठमाडौंको टोखा नगरपालिका–७ वसुन्धारा चौकीमा अन्नपूर्ण स्टोर्स प्रालि (मार्ट)को शुभारम्भ गरिएको छ । निम्न र मध्यमवर्गीय सर्वसाधारणलाई लक्ष्य गरी मार्टबाट सेवा सुचारु गरेको कम्पनीले जनाएको छ।

शनिबार एक कार्यक्रमकाबिच टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले काठमाडौंको टोखा नगरपालिका–७ वसुन्धारा चौकी सँगै रहेको उक्त मार्टको उद्घाटन गरेका हुन् ।

मार्ट उद्घाटन गर्दै मेयर अधिकारीले टोखाका सबै वडामा स्थानीयलाई सुपथ मूल्यमा वर्षैभरि सेवा दिने गरी साझा पसल सञ्चालनमा ल्याउने बताए।अन्नपूर्ण मार्टसँग सहकार्य गरेर साझा पसल अवधारणा सफल पार्न सकिने उनको भनाई थियो ।

मार्ट उद्घाटन कार्यक्रममा टोखा वडा नम्बर ७ का वडाध्यक्ष नरोत्तम रानाले आम उपभोक्तालाई सुपथ मूल्यमा सेवा दिन मार्ट सफल हुने कुरामा आफु विश्वस्त रहेको बताए  ।

मार्टबाट होलसेल(सुपथ) दररेटमा निम्न र मध्यम वर्गीय सर्वसाधारणलाई दैनिक उपभोग्य खाद्य सामाग्री र ग्रोसरी सामाग्री खुद्रामा उपलब्ध गराउने मार्टका प्रमुख दीपक न्यौपानेले जानकारी दिए । कम्पनीले भैरहवामा २ मार्टहरु संचालनमा ल्याएको जनाएको छ । काठमाडौंका विभिन्न ५ स्थानमा थप आउटलेट स्थापना गर्ने तयारी गरेको प्रमुख न्यौपानेले बताए ।

मार्टले अन्य मार्टहरुमा भन्दा पनि सस्तोमा गुणस्तरीय सामाग्री उपलब्ध हुने र मार्टमा आएर उक्त अनुभव गर्न सकिने सञ्चालक इश्वरदत्त जैसवालले बताएका छन् । यस्तै मार्टले ग्राहकको विश्वसनियतालाई पहिलो प्राथमिकता दिने मार्टका अर्का सञ्चालक राजकुमार जैसवालको भनाइ छ ।

सञ्चालकहरुले यस्ता मार्टहरुमा कृषिसँग सम्बन्धी डेरी प्रोडक्ट लगायत राख्नका लागि आवश्यक सहजीकरण गरिदिन सरकारसँग माग गरेका छन् । मार्टमा हरेक सामानमा विशेष छुट रहेको र चाडपर्वको अवसर पारेर ३ हजार रुपैयाँसम्मको खरिदमा १ केजी चिनी सित्तैमा र ५ हजार रुपैयाँ सम्मको खरिदमा २ केजी चिनी सित्तैमा अफर पनि सार्वजनिक गरेको छ ।

मार्टमा उपलब्ध सामाग्रीहरु अन्य स्थानमा भन्दा ५ देखि २० प्रतिशतसम्म सस्तो रहेको सञ्चालक इश्वर जैसवालकोे दाबी छ । अधिकत्तम खुद्रा मूल्यभन्दा पनि सस्तोमा सम्पूर्ण सामाग्री मार्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

छुटाउनु भयो कि ?