Madhyabindu News App
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एस सबैभन्दा ठूलो दल

Madhyabindu Online


A A- A+

धनगढी – माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैैभन्दा ठूलो दल बनेको छ ।

आइतबार एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा(एस)को पक्षमा निर्वाचन कार्यालय पुगेर सनाखत गरेसँगै सो पार्टीको प्रदेशसभा सदस्य संख्या १३ पुगेको छ ।

प्रदेशमा माओवादी केन्द्रका पनि १३ जना प्रदेशसभा सदस्य भएकोले माओवादी केन्द्रको भन्दा ठूलो पार्टी बनाएर सत्ताको दाबी गर्ने भन्दै थप एक सांसद जुटाउने अभियानमा सो पार्टीका नेताहरु लागिपरेका छन् ।

प्रदेशसभा सदस्यहरु दीर्घ सोडारी र तारा लामा तामाङसँगै विगतमा ओली पक्षमा खुल्दै आएका पूर्वराज्यमन्त्री प्रकाश रावलले आज निर्वाचन कार्यालय पुगेर नेकपा (एस)को पक्षमा सनाखत गरेका छन् ।

योसँगै कांग्रेस र एमालेसँग १२/१२ जना प्रदेशसभा सदस्य हुनेछन् भने जनता समाजवादी पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।

छुटाउनु भयो कि ?