Madhyabindu News App
विचार-ब्लग

बाबालाई छोरीको चिठ्ठी…….

Madhyabindu Online सुशिला नेपाल


A A- A+

साच्ची नै आजभोलीका बुहारीलाई हेर्दा सफल अनि सरल जीवन बाचेको देख्ने गर्छौ भन्ने गर्नूहूथीयो पल्लो घर को आमैले हाम्रा पालो मा एक सरो कपडा लगाउन १ बर्ष कूर्न पर्थ्यो दशैमा मासू खानका लागी दिन गन्न निकै गार्हो थियो । के छ तिमीहरुलाई आजभोलीका केटाकेटीहरु धेरै सरल र सजीलो बनाएको छ कलीयूगका छोरा छोरी लाई बाबा आमाले पूलपूलाएका छन माया दिएका छन् ।

जीवनको संघर्ष नजान्दा जिवनलाइ धान्न गार्हो हूने रहेछ । छोरा छोरी समान भनी पढाएका छन दिनरात लगानीमा खटिएका ति बाबा आमा एकछाक मिठो नखाइ छोरा छोरीका लागी मरिमेटेका छन साच्ची नै त्यो दूखलाइ हामीले बूझ्ने प्रयास गरौ त कती दूखदायी होला खेतमा लडिबूडि गरी धान बेचेर भैसी बेचेर छोरीलाइ पढाएका उदाहरण हाम्रै गाउघरमा छन । जब छोरीको कमाइ खाने दिन आउँछ अनि अर्काको घरमा जा नत्र तलाइ बूढिकन्या भनी समाजले मलाइ औला देखाउछ भन्ने बाबा आमालाइ कति पिर छ साचीनै यहि छोरा छोरीको पिरैपिरले घाम अस्ताउने भेला ति बाबा आमाको आउदापनि तर साथमा न छोरा न छोरी हून्छ । खाली अनि रित्तो आगन अनि खाली बिस्तारमा छोरा छोरी सूतेको तस्वीर सम्झी बाबा आमा बाटो कूर्दै सास जाने दिन पनि छोराछोरी नभेटिन सक्छ चक्र रहेछ पालो सबैको फर्किएर आउने रहेछ । बाबाले भन्नूहन्थ्यो दिन तेरो नि आउछ आज बल्ल थाहा पाउदैछू जस्तो लाग्छ ।

छोरी बढेकी छ भनी बिहे गरी दियौ । अनि पढाइपनि दियौ । सन्सार चिनाइदियौ । आफनो कमाइमा रमाउनसक्नेपनि बनाइदियौ महान छौ तिमी , तिम्रो गून र दशधारा दूधको रिन त रिर्नसक्दीन होला तर मिठो एकछाक पकाएर खानपनि दिन सकीन किन किन।

बाबालाई छोरीको चिठ्ठी…….

स्वतन्त्र छू म आफनो खूसीले हिडन र फेसन अनूसार चल्न पाएकी छू , अनि आफनो कमाइमा आफै रमाएकी छू तर , सानो हुदाँ हातमा डोराउनू भएन होला थाहा पनि पाइन कती छिटै दिनले कोल्टो फेरेछ आज म परिवारका लागी जसरी तपाइले सिकाएको संघर्षले आज बाच्न जानेको छू हार्न होइन बाबा,

माइतीको आगन त स्वर्ग लाग्छ सानो हूदाँ खेलेको त्यो रातो माटोले पोतेको पिढीमा बसी पूतलीका रगँ झै चम्कीएको रंगीन सपना अनि मेरो लक्ष्य कोरीएको त्यो मन्दिर घरको पूजारी तिमी थियौ । आज ८ बर्ष भएछ तीजमा माइतीको आगनँ नटेकेको तर अस्ती जस्तो लाग्छ, तपाइले मलाई बिदाइ गरेको थाहै पाइन घरको धन्दा र अरुको स्याहार गर्दा गर्दा आफना खूसी त ओझेल मा परेको ,तीज आयो भन्छन सबै तर मलाई त कहिल्यै लागेन तिज जस्तो आमाले दिएको गून्द्रीकको झोल नि मेरो लागी मासू झै थियो।

आज तिम्रा हातले पकाएको दर खान नि नपाउदा म त कून दूनियामा छू जस्तो लाग्छ सात कोष पारी दियौ किन? बाबा आपना कोहि छैनन् यहाँ, न तिम्रो स्वर सून्न सक्छू नत तपाईलाइ भेटन सक्छू किन की म चरी झै जेलमा बस्न बाध्य छू । आजका छोरी लाई दिएको स्वतन्त्रपनि बोझ लाग्न थाल्यो बाबा ,किनकी मेसीन बरु बिग्रीएला मेरो शरीर त फलाम भन्दा बलीयो भई कूचिएको भाडाँपनी सोझाइ सोझाइ काम लाग्ने बनाउदैछू । बाबा बिहान ४ बजे उठछू सबैलाई तातो र खाना अगाडि राखी अफिसको जानका लागी ढिलो होला भनी एक गासँ भात मूखमा राखी पानीले निल्छू ।

साच्चीनै बाबा आज भन्ने गर्थे नि फलानो को छोरी त छोरा जस्तै छ । साच्चीनै छोरा नै भएको भए बरु एकोहोरो त हून्थ्यो कि ? अफीसमा दिनभरी कामले मेरा शरीर मेरा हूदैनन घर आउछू नत गाहो्र भयो भनी सोध्छन न त बिरामी हुदाँ तातो पानी नै दिन्छन । तपाईका ज्वाइ अफीस बाट आउदा कोठामै तातो चिसो पानी टक्र्याउनूपर्छ । छोराछोरी मम्मी भनी पछि लाग्छन । घरमा बेसीन भरी भाडा हून्छ बूहारी हूँ त्यसैले भाँडै माझनूपर्छ । हजूरले फोन गरी आउ तीजमा भन्नूहून्छ मन त कती छ कती तर के गर्नू १ दिन छूटटी हून्छ । न बिदा नै पाइन्छ आगो लिन आको झै किन आउनू जस्तो लाग्छ । दिदी बैनी नाचेर फराकिलो आँगन ढाकेको देख्दा मन भारी हून्छ डाहा हून्छ कता जाउ के गरुँ हून्छ तर बाध्यता र बिवशताले नारीलाइ घेरीदिएपछि कस्को के लाग्छ ।

साचीनै बाबा छोरा र छोरी एउटै हो भने समानता ल्याउने भनी पढाउनू भएको होनी है? एउटा प्रश्न हजूरलाई के छोरीले आफना बाबा आमा छोडेर पराइ घर जानसक्छन भने छोराले सक्दैनन र? यदि छोराछोरी एक हो भन्ने नारा छ , अधिकार हाम्रो नी छइन र के छोरीले कमाएको बाबा आमा का लागी पनि होइन र छोराछोरी एक हो भने तपाई का छोरी को लागी सम्पती पाउने हक हामीलाई छइन र? परिवर्तनको खाचो छ समाजमा , अर्को कूरा पनि बाबा , छोराछोरी समान हून भने भाडा माझन बूहारी र छेोरी लाइ नकुर्दा के बिगी्रन्छ र ? जात त जान्दैन नि होइन र? शरीर सबैको एउटै हून्छ नि घरमा सबैले मीली काम गरे सहज र माया अनि हेरचाह पूग्छ नी । अनि कस्को घरमा द्धन्द हून्छ र? अर्को तिजमा आउने कोशिस गर्छू …….. अभागी छोरी …

सम्मान गर्छू ति पूरुषलाई जस्ले नारी र पूरुष एउटै रथमा हिडाउने कोशिस गर्छन नारीको सम्मान र कामको जिम्मेवारी बरावर लिन्छन । अनी नराम्रा र फेर्न सकीने परिर्वतनमा साथ मा साथ दिन्छन । हरेक परिवारमा एकता र जिम्मेवारी बरावर गराउन पनि हरेक सदस्यको अहम भूमीका हून्छ । पहिला पूरुषले कमाएर ल्याएपछि भान्छा मा खाना पाक्थीयो तर आज समाज फडको मादैछ रामो्र पनि हो र यसमा सहकार्य र सदभाव अनि एकअर्काप्रति सम्मान गर्न सकेमा अवस्य नेपाली समाजमा छिटै परिवर्तनका लहर हरु आउनेछन सकरात्मक सोच र सहयोग को आजको आवश्यकता रहेको छ । आजैबाट आपना जन्मीएका छोराछोरी प्रति जिम्मेवारी बनौ कि काम समान हूनछ यो छोराले गर्ने यो छोरीले भनेर दायरा नबनाउ र भोलीका दिनमा हामीले सन्सारलाई चिनाउ अनि समानता देखिन्छ की ?

छुटाउनु भयो कि ?