Madhyabindu News App
सुदूरपश्चिम प्रदेश

सुदुरपश्चिममा एमालेका दुई मन्त्रीले दिए राजीनामा

Madhyabindu Online


A A- A+

धनगढी – नेपाल कम्युनिस्ट पार्टी एमालेका सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरु प्रकाशबहादुर शाह र अर्चना गहतरातले पदबाट राजीनामा दिएका हुन् ।

एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मंगलबार पदबाट राजीनामा दिएका हुन्।

दल विभाजनपछि आफूहरू एमालेमै रहेकाले राजीनामा बुझाएको मन्त्री शाहले बताए। ‘पार्टी र दलमध्ये एउटा रोज्नुपर्ने विकल्प थियो। मैले पार्टी रोज्दै मन्त्रीबाट राजीनामा दिएको हुँ,’ राजीनामापछि पत्रकार सम्मेलन गरेर उनले भने ।

शाह र गहतराज दुवैजना मावध नेपालनिकट मानिएका थिए। पार्टी विभाजनपछि उनीहरूले नेपालको साथ छोड्दै एमालेमै रहने निर्णय गरेका हुन्।

प्रदेश सभामा एमालेका २४ सांसदमध्ये १४ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। समाजवादी प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको छ। यसअघिको सबैभन्दा ठूलो दल एमाले विभाजनपछि चौथो दलमा खुम्चिएको छ।

दिएका थिए ।

छुटाउनु भयो कि ?