Madhyabindu News App
समाज

एक्सपर्ट फाउनडेसन द्वारा मेलम्ची बाढी प्रभावितलाई रु १० लाख सहयोग

Madhyabindu Online


A A- A+

देवराज सुवेदी/सिन्धुपाल्चोक – एक्सपर्ट एजुकेसन तथा भिजा सर्भिस अन्तर्गत एक्सपर्ट फाउन्डेसनले मेलम्ची बाढी प्रभावितलाई रु १० लाख सहयोग गरेको छ ।

अष्ट्रेलियाका विभिन्न राज्यहरूमा रहेका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूले स्वेच्छाले बाढी प्रभावितका लागी सहयोग गर्नुभएको थियो । संकलित रकमलाई दोब्बर बनाएर एक्सपर्ट फाउन्डेसनले रु १० लाख बनाई सहयोगको लागी रकम पठाएको एक्सपर्ट फाउन्डेसनका अध्यक्ष रोशन कंडेलले जानकारी दिए ।

सहगोगको लागी सम्पुर्ण शाखा र एक्सपर्ट फाउन्डेसन बिचको समन्वय एक्सपर्टका गु्रप जनरल व्यवस्थापक मन्जित घिमिरे र मेलबर्न शाखाका निर्देशक सरोज शर्माले गरेका थिए। एक्सपर्ट एजुकेसनको संसार भर चालीस भन्दा धेरै शाखा रहेको छ ।

अष्ट्रेलिया मेलवर्न बस्ने सँस्थाका सदस्य निराजन दुलालको विशेष पहलमा एक्सपर्ट फाउन्डेसन मार्फत मेलम्ची बाढी पिडितहरूका लागि प्राप्त रु. १० लाख सहयोगमध्ये मेलम्ची नगर पालिकालाई रू. ३ लाख, मेलम्ची बाढी संरक्षण तथा सरोकार समितिलाई रू. २ लाख, सिमखेत फट्टे बाढी संरक्षण समितिलाई रू. १ लाख २५ हजार गराइएको थियो  ।

यस्तै बाढीबाट पूर्ण क्षति भई विस्थापित २३ घरपरिवारलाई जनही १५ हजारको दरले रू. ३ लाख ४५ हजार र रेडियो मेलम्चीलाई रू. ३० हजार रकम आज मेलम्चीमा एक कार्यक्रमकाबीच मेलम्चीका नगर प्रमुख डम्बर अर्याल तथा अन्य सम्बन्धित समिति तथा संस्थाका प्रतिनिधिहरुलाई सँस्थाका प्रतिनिधी देवि प्रसाद लम्साल , विकाश ज्ञावली, रोशन कंडेल तथा सदस्य निराजन दुलालका बुबा नवराज दुलालले हस्तान्तरण गरेको स्थानिय सि पी दुलालले जानकारी दिए ।

एक्सपर्टले व्यवसायमा मात्र नभई सामाजिक परोपकारमा पनि निरन्तर सहयोग पुर्याउदै आएको छ ।

छुटाउनु भयो कि ?