Madhyabindu News App
राजनीति

सुन्दरीजलबाट विश्वप्रकाशको घोषणा: ‘महामन्त्री पदमा उम्मेदवारी दिन्छु’

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवं प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

वीपी कोइरालाको १०८औं जन्मजयन्ती  पारेर उनले वीपी संग्राहलय सुन्दरीजलबाट पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘आगामी १४औं महाधिवेशनका लागि मैले पार्टीको महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गर्दछु,’ शर्माले आफ्नो उम्मेदवारीबारे भने ।

आफ्नो उम्मेदवारी घोषणाकालागी वीपी जयन्तीको दिननै आफुलाई उपयुक्त लागेको बताउँदै उनले क्रममा उनले कांग्रेसलाई रुपान्तरित गर्दै देशलाई आधुनिकीकरण गर्ने प्रतिबद्धता पनी जनाएका थिए ।

उनले प्रचारप्रसार गर्दै जाँदा असहज अवस्था आए पार्टी प्रवक्ताबाट पनि अलग हुने बताएका थिए । प्रचारप्रसार गर्दै जाँदा असहज अवस्था आए पार्टी प्रवक्ता पनि छाड्छु,’ शर्माले भनेका छन् ।

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको जन्मजयन्तीको अवसरमा कांग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछ ।

छुटाउनु भयो कि ?