Madhyabindu News App
राजनीति

कांग्रेसको निर्वाचन समिति संयोजक यादवले दिए राजीनामा

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् ।

सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरामा वडा अधिवेशन गर्न नसक्ने अवस्था आएपछि उनले बिहीबार साँझ राजीनामा दिएका हुन् ।

देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला कार्यसमितिले वडा अधिवेशन स्थगित गरेको छ, तर निर्वाचन अधिकृतले भोलिका लागि मिति तोकेका छन् ।

यस्तै अन्य २० जिल्लामा पनि वडा अधिवेशन गर्ने अवस्था नभएको भन्दै निर्वाचन समितिका संयोजक यादवले राजीनामा दिएका छन् ।

कांग्रेस १४औं महाधिबेशनको शुरुवाती चरणमा प्रवेश गरेका बेला निर्वाचन समितिका संयोजकले राजिनामा दिएपछी त्यसकोबारेमा अहिले छलफल गर्ने तयारी गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी मध्यबिन्दु लाई बताए ।

उनको राजिनामा स्विकृत भएको खण्डमा तुरुन्तै अर्को ब्यवस्था गरेर अघिबढ्ने र यसले महाधिबेशनमा कुनै असर नपर्ने प्रवक्ता शर्माले बताए ।

छुटाउनु भयो कि ?