Madhyabindu News App
राजनीति

अर्थमन्त्री शर्माद्वारा १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट प्रस्तुत (पूर्णपाठ)

Madhyabindu Online


A A- A+
काठमाडौ – सरकारले ६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ । जसमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रहेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत नयाँ बजेट सार्वजनिक गरेका हुन् । १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड ९४१।४२ प्रतिशत छुट्याएको छ ।

पूँजीगततर्फ ३ खर्ब ७ अर्ब १० करोड ९२३।१६ प्रतिशत०, वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड ९११।६० प्रतिशत० तथा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड ९२३।७२ प्रतिशत० विनियोजन गरिएको छ ।

चालु, पूँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट ब्यहोर्दा ५ खर्ब २२ अर्ब ९ करोड न्यून हुने सरकारले जनाएको छ । यो परिपूर्ति गर्न सरकारले २ खर्ब ८३ अर्ब ९ करोड वैदेशिक ऋण र २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

 

छुटाउनु भयो कि ?