Madhyabindu News App
राजनीति

चीन तथा भारतमुखी भएर एमसीसीको बिरोध गर्नु गलत हो – भट्टराई

Madhyabindu Online


A A- A+

काठमाडौं – पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नुपर्नेबताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्षसमेत रहेका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् सबैखाले विदेश सहयोगका परियोजना स्वीकार्नुपर्ने तर्क अघि सारेका हुन्।

उनले एमसीसीसहित विदेशी सहयोगका परियोजनाहरु स्वीकार गरेर देशलाई समृद्ध बनाउनुपर्नेमा पनि जोड दिएका छन्।

उनले चीनमुखी र अमेरिकामुखी भएर बीप्पाको विरोध गर्नु, भारत र अमेरिकामुखी भएर बीआरआईको बिरोध गर्नु र चीन तथा भारतमुखी भएर एमसीसीको बिरोध गर्नु गलत हुने तर्क गरेका हुन्।

नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘चीनमुखी र अमेरिकामुखी भएर बीप्पाको विरोध गर्नु, भारत र अमेरिकामुखी भएर बीआरआईको बिरोध गर्नु र चीन तथा भारतमुखी भएर एमसीसीको बिरोध गर्दै देश कंगाल पार्ने र युवाहरुलाई रोजगारीका लागि विदेश लखेट्ने राष्ट्रघाती कि नेपालमुखी भएर बीप्पा, बीआरआई, एमसीसी सहितका सबै स्वीकार्दै देश समृद्ध पार्ने र यवालाई स्वदेशमै राख्ने राष्ट्रघाती?’

छुटाउनु भयो कि ?