Madhyabindu News App
कला-साहित्य

‘सिन्धु-मित्र बालसाहित्य पुरस्कार’ भारतीलाई

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – लामो समय बालसाहित्यमा योगदान पु¥याएका स्रष्टा डम्बर रसिक भारतीलाई ‘सिन्धु–मित्र बालसाहित्य पुरस्कार २०७८’ प्रदान गरिएको छ ।

बागमती प्रदेश सभाको सांसद् एवं पुर्व सामाजिक विकासमन्त्री युवराज दुलालले सिन्धुपाल्चोक सदरमुकाम चौतारामा आयोजित एक कार्यक्रमकाबिच भारतीलाई पुरस्कार प्रदान गरेका हुन् ।

मित्र प्रतिष्ठानको समन्वयमा दुःखी प्रकाशनले प्रदान गरेको सो पुरस्कारको राशी नगद ११ हजार १ सय ११ रुपैंयाका साथै दोसल्ला र प्रमाणपत्र रहेको थियो।

उक्त कार्यक्रममा स्रष्टा रसिकको व्यक्तिचित्र सिन्धुका महाकाव्यकार कवि चन्द्रप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए ।

‘हामीले वर्षिनै बालसाहित्यमा योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान गर्ने निर्णय गरेका छौं’, दुःखी प्रकाशनका अध्यक्ष सुरेश कसजूले भने, – ‘यो जिल्लामा प्रदान गरिदै आएको पुरस्कार राशी मध्ये ठूलो राशीको पुरस्कार पनि हो ।’

कार्यक्रमकै बीच दुःखी प्रकाशनले ४ जना जेहेन्दार विद्यार्थीहरुलाई पोषाक र स्टेशनरी सामग्री प्रदान गरेको थियो । उनीहरुलाई कक्षा १२ सम्म शैक्षिक सामग्री सहयोग गरिने प्रकाशनले जनाएको छ ।

 

छुटाउनु भयो कि ?