Madhyabindu News App
अन्तर्राष्ट्रिय

गुजरातको मुख्यमन्त्री रुपाणीले दिए राजिनामा

Madhyabindu Online


A A- A+

नयाँ दिल्ली –  भारतको पश्चिमी राज्य गुजरातका मुख्यमन्त्री विजय रुपाणीले शनिबार आफ्नो पदबाट राजीनामा दिएको अधिकारीहरुले बताएका छन् ।  रुपाणीले आगामी वर्षको अन्ततिर राज्यमा निर्वाचन अगाडि अप्रत्याशित कदममा आफ्नो राजीनामा दिएका हुन् ।

रुपाणीले राजीनामा दिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, “नयाँ उत्साह र नयाँ ऊर्जासहित गुजरातको विकासको यात्रा नयाँ नेतृत्वमा अगाडि बढ्नुपर्छ भन्ने मेरो विश्वास छ । यो कुरालाई ध्यानमा राख्दै मैले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएको हुँ ।”

उनले थप भने, “म जस्तै पार्टी कार्यकर्तालाई गुजरातको मुख्यमन्त्रीको रुपमा सेवा गर्ने महत्वपूर्ण मौका दिन पाएकोमा म खुशी छु ।”

गुजरात भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका सहयोगी संघीय गृहमन्त्री अमित शाहको गृह राज्य हो । रुपानीको राजीनामा के कारणले आएको भन्ने बिषयमा थप विवरणहरू आउन अझै केही समय लाग्ने छ तथापि, रिपोर्टहरूमा भारतीय सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) को ‘सुधारको बाटो’ हुनसक्ने बताइएको छ ।   (रासस)

छुटाउनु भयो कि ?