Madhyabindu News App
राजनीति

‘सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरियो’ – पौडेल

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर आफू पक्षका नेता, कार्यकर्ताहरूलाई पाखा लगाउने काम गरेको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमवार काठमाडौंमा आयोजना गरेको नेपाली कांग्रेसको १४औं महाधिबेशन निति र नेतृत्व बिषयेक एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाए ।

‘वडा अधिवेशनहरू भयो भनेर नाटक रच्न खोजिएको छ । हामी यसलाई मान्दैनौँ । हामी त्यसको विरुद्धमा, यस्तो चुनाव हुनुहुँदैन, त्यसरी धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेस जस्तो पार्टीलाई सुहाउँदैन,’ उनले भने, ‘नेपाली कांग्रेस जस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज यस किसिमले सत्ता र शक्तिको प्रयोग गरेर यसको चुनावलाई अपवित्र पार्ने काम, साथीहरूलाई पाखा लगाउने काम जो भएको छ, हामी त्यसको विरोध गर्न चाहन्छौं ।’

No description available.

वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरू आफूहरूलाई मान्य नहुने चेतावनी दिंदै पार्टीको आगामी महाधिवेशनमा नेतृत्व रुपान्तरण गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बद्रि पाण्डेले अहिलेको अवस्थामा पार्टि संस्थापन पक्षले क्रियाशिल सदस्यता लगायतका अनैकौं बखेडा निकालेर अधिबेशन नगर्ने प्रपञ्च गरिरहेको बताए ।

नेता पाण्डेले अहिले पार्टि विधानका हरेक धारा उपधारा खोजेर बस्नु भन्दापनी विवादित बिषयमा सहमती गरेरै भएपनी निर्धारित समयमा अधिबेशन गरेर नेतृत्व लिएपश्चात पार्टिको उचित व्यवस्थापन गर्दैजाने बताए ।

सिन्धुपाल्चोक कांग्रेस सभापती बिकास लामाको सभापतित्वमा सह-सचिव अनुप न्यौपानेले सञ्चालन गरेको उक्त कार्यक्रममा पुर्व सभापती भुपेन्द्र थापा उप सभापती शिव सुनार सचिव बिल बहादुर तामाङ क्षेत्र नं २ का सभापती आइतमान तामाङ लगायत कांग्रेस नेताहरुले आ-आफ्नो धारणा राखेका थिए ।

छुटाउनु भयो कि ?