Madhyabindu News App
मुख्य खबर​

विप्लवको चेतावनी : एमसिसीविरुद्ध राँको बाल्न नपरोस्

Madhyabindu Online फोटो समाजिक सञ्जाल


A A- A+

काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अमेरिकाले नेपालमा जबर्जस्ती एमसीसी थोपर्न खोजेको भन्दै नेपालको राष्ट्रिय स्वतन्त्रतामा आँच आउने सो सम्झौता कुनै हालतमा स्वीकार्न नसक्ने बताएका छन् ।

सोमबार काठमाडौँको खुल्लामन्चमा एमसीसीविरुद्ध विरोधसभामा महासचिव विप्लवले यदि कमिसनको लोभमा एमसीसी जर्बजस्त थोपर्न खोजियो भने देशमा ठूलाे संकट आउने चेतावनी समेत दिएका छन् ।

‘अहिले एमसीसीविरुद्धको यो आन्दोलन झिल्को मात्रै हो, एमसीसी जर्बजस्त दलालहरूको कमिसनको लोभमा थोपर्न खोजियो भने राँको बन्छ राँको’, विप्लवले भने ।

‘हामी लड्छौँ। कुनै पनि हालतले एमसिसीलाई लागू हुन दिँदैनौ। यो कुनै लुकाइछिपाइको कुरा छैन। आज पनि हामी भन्छौँ– एमसिसी नेपालको राष्ट्रियताको विरुद्धमा छ। नेपालको सार्वभौमिकताको विरुद्धमा छ। नेपालको स्वतन्त्रताको विरुद्धमा छ। नेपाली जनताको अधिकारको विरुद्धमा छ,’ उनले भने, ‘कुनै पनि देशले हाम्रो देशमाथि जबर्जस्ती सन्धि लाद्न पाउँदैन।‘

महासचिव चन्दले एमसिसी सम्झौताविरुद्ध आफूहरूले झिल्को बालेको उल्लेख गर्दै त्यसलाई राँको बनाउनुपर्ने अवस्था आउन नदिन पनि सचेत गराए। उनले आफूहरूले वास्तविक अर्थमा नेपाली जनताको शासन सत्ता ल्याउन चाहेको दाबी गरे।

छुटाउनु भयो कि ?