Madhyabindu News App
मुख्य खबर​

एमाले मनाउन सभामुख सापकोटालाई सर्वदलीय बैठकमा सुझाव

Madhyabindu Online


A A- A+

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई मनाएर प्रतिनिधि सभाको बैठक सहज बनाउन सभामुख अग्नी सापकोटालाई सर्वदलीय बैठकमा सहभागी दलले सुझाव दिएका छन्।

सोमबार सापकोटाले बोलाएको बैठकमा सदन अबरोध गरिरहेको एमाले नै सहभागी नभईकन कुनै निष्कर्श निकाल्न नसकिने धारणा राख्दै नेताहरुले सभामुखलाई नै जिम्मा दिएका छन्।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायत सदनमा सहभागी दलका नेता पुगेका थिए। एमाले र राप्रपाका सांसद राजेन्द्र लिङदेन भने उपस्थित थिएनन्।

सर्वदलीय बैठकमा संसदमा उपस्थित दलका शीर्ष नेताहरुले नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएकाे सर्वदलीय बैठकमा शीर्ष नेताहरुले संसदमा प्रमुख प्रतिपक्षको भूमिका मुख्य हुने भएको भन्दै नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका हुन्।

बैठकपछि पत्रकारसँगको संक्षिप्त कुराकानीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले भने, ‘सभामुखजीले प्रयास गर्दै रहनुपर्छ, आजको बैठक निस्कर्षविहीन भएको छ, सभामुखजीले म प्रयास गर्दै थिएँ, फेरि पनि म प्रयास गरिरहन्छु भन्नुभएको छ।’

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिपक्ष दल नेकपा एमालेका शीर्ष नेताहरु नआएकोले बैठक निस्कर्षविहीन भएको बताए। उनले सबै समस्याको समाधान संवादबाटै हुने भएकोले एमाले संवादमा आउनुपर्ने र सदनलाई अनिर्णयको बन्दी बनाएर राख्न नमिल्ने बताए।

माधव नेपालसहितका १४ जना सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ती सांसदलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै संसद अवरुद्ध गर्दै आएको छ।

छुटाउनु भयो कि ?