Madhyabindu News App
समाज

प्राकृतिक विपत्तीमा सहयोग गर्ने कांग्रेसमात्रै हो – पुर्व मन्त्री बस्नेत

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य, पुर्व सूचना तथा सन्चार मन्त्री एवं खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकका जनताको सुखदुखमा नेपाली कांग्रेस सधैं सँगै रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ प्रदेश सभा “ख”, सिन्धुपाल्चोक तथा नेपाल आदिवासी जनजाती संघ, सिन्धुपाल्चोक द्वारा सोमबार मेलम्चिबजारमा सयुक्त रुपमा आयोजित “प्राकृतिक विपत्तिमा नेपाली काङ्ग्रेसको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता बस्नेतले हेलम्बु मेलम्चीका बाढिपिडितको तत्कालिन एमालेको ओली सरकारले वेवास्ता गरेको आरोप लगाए ।

नेपाली कांग्रेसको केन्द्रिय बाढी पहिरो विपद व्यवस्थापन समन्वय समिति संयोजक समेत रहेका बस्नेतले भने,‘बाढीपहिरोलाई राहत दिने काम कांग्रेसको, भूकम्पपछिको राहत र उद्धारको जिम्मा कांग्रेसको, कोरोनाको उपचारको जिम्मा कांग्रेसको हो । त्यसैअनुसार कांग्रेस र मैले काम गरिरहेको छु ।’

कोरोनाका बेला गरेको सहयोगबारे कम्युनिष्टहरुले सहयोगको स्रोत खोजेको भन्दै उनले त्यसको समेत प्रवाह नगरी सहयोगमा निरन्तर अघि बढिरहेको बताए । उनले भने,‘कोरोना कांग्रेसलाई पनि हुनसक्थ्यो, बाढीपहिरो कांग्रेसलाई पनि हुनसक्थ्यो । तर हामीले काम गरेका हौं ।’

त्यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिष्णु बिक्रम थापाले जनताको सुखदुखमा हमेसा साथ दिने एकमात्र पार्टी नेपाली कांग्रेस भएको बताउँदै हिजो आज र भोलीपनी सँधै सँगै रहने उनले बताए ।

नेपाली काङ्ग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ प्रदेश सभा “ख” का सभापती रामबाबु लुइँटेलको सभापतित्वमा क्षेत्रिय सचिव प्रकाश श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा कांग्रेस जिल्ला सचिव झलक नेपाल प्रतिनिधि सभा क्षेत्र नं २ प्रदेश सभा “क” का सभापती टंक कार्की प्रदेश सांसद निमा लामा, सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर एकका क्षेत्रीय सभापती बालकृष्ण, बस्नेत कांग्रेस नेताहरु प्रेमध्वज लामा, लिला नेपाल, भोला बोहरा, सागर श्रेष्ठ लगायत नेताहरुले आफ्नो धारणा राखेका थिए ।
May be an image of 9 people, people standing, people sitting and outdoors

 

छुटाउनु भयो कि ?