Madhyabindu News App
मुख्य खबर​

प्रतिनिधि सभाको बैठक बस्दै : बजेट पास गर्ने सरकारको तयारी, एमालेको अवरोध कायमै

Madhyabindu Online


A A- A+

काठमाण्डाै – प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । बैठकका लागि सम्भावित कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । एमालेले अवरोध गरे पनि विधेयक पास गर्ने सत्तारुढ दलको तयारी छ । ए

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै असन्तुष्ट रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने विगतझैं प्रतिनिधि सभाको बैठक अवरोध गर्ने कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको छ ।

संसदको अवरोध हटाउन हिजो सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफ्नो पार्टीले उठाएको माग सम्बोधन नहुँदासम्म सर्वदलीय बैठकमा सहभागी नहुने अडान राखेका छन् ।

यस्तै आजको बैठकमा २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शमशेर जबराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनी रहेको संसद सचिवालयले जनाएको छ ।

छुटाउनु भयो कि ?