Madhyabindu News App
समाज

दुल्हन फर्काउन माइत आएकी युवती टिकटक बनाउने क्रममा सेती नदिमा वेपत्ता

Madhyabindu Online


A A- A+

पोखरा – टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छिन् । तनहुँको पुलचोकस्थित सेती नदीको रक गार्डेनबाट खस्दा नवविवाहित युवती बेपत्ता भएकी हुन् ।

टिकटक बनाउने क्रममा शुक्लागण्डकी–८ की १९ वर्षीया पवित्रा लम्साल खसेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

केही दिन अघि मात्र विवाह भएकी लम्साल दुल्हन फर्काउन माइत आएको बेला मंगलबार दिउँसो दुई साथीहरूसँग घुम्न सेती नदीमा रहेको रकगार्डेन पुगेकी थिइन् ।

लम्साल टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएपछि साथीहरूले अभिभावक र प्रहरीलाई खबर गरेका थिए । दिउँसो २ बजे घट्नाबारे जानकारी पाए लगत्तै प्रहरीले सेती नदी छेउछाउमा खोजी कार्य जारी राखेको प्रहरी निरीक्षक खड्काले बताए ।

छुटाउनु भयो कि ?