Madhyabindu News App
शिक्षा

कक्षा १२ को परीक्षा आजदेखि,३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदै

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – कक्षा १२ को अन्तिम बार्षिक परीक्षा आज(बुधबार)देखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार भौतिक उपस्थितिमै परीक्षा हुन लागेको हो।

बोर्डका अनुसार भदौ ३० देखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन्।

परीक्षामा विद्यार्थीलाई होम सेन्टरको व्यवस्था मिलाइएको र ४ हजार ३१५ वटा परीक्षा केन्द्र तय भएको बोर्डले जनाएको छ।

यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म सार्वजनिक गरिएको परीक्षा तालिका कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो।

सरकारले प्रवेशपत्रका आधारमा कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाएर परिक्षमा सामेल गराएको छ ।

छुटाउनु भयो कि ?